संगालोखबर


विराटनगर । माध्यमिक शिक्षा परीक्षाको नतिजाका आधारमा विराटनगरको पोखरिया माध्यमिक विद्यालय पहिलो स्थानमा छानिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पोखरिया मावि देशभरबाट पहिलो बन्न सफल भएको हो ।

यसैगरी, विराटनगरको आदर्श माध्यमिक विद्यालय उक्त सूचीको उत्कृष्ट १५ मा पर्न सफल भएको छ । कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराएर ३० प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अङ्क (जीपीए) ३.२ वा त्यसभन्दा बढी प्राप्त गर्ने १५ सामुदायिक विद्यालयको सूची सार्वजनिक गरिएको छ ।

Advertisement

पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएपछि देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट हुन सफल भएको हो । विद्यालयका ७४.४४ प्रतिशत विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएको मन्त्रालयले उल्लेख गरेको छ ।

दोस्रो हुनेमा कपिलवस्तुको जनता मावि परेको छ । त्यहाँका २८९ विद्यार्थी सहभागी भएकामध्ये ६२.१७ प्रतिशत विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएका छन् । यस्तै, तेस्रो नम्बरमा रौतहटको गरुडा बैरिया मावि परेको छ । उक्त विद्यालयका १८८ विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले ३.२ भन्दा बढी जीपीए ल्याएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!