संगालोखबर


झापा । झापाको मेचीनगरस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मंगलबार मृत्यु भएकोे छ । मेचीनगर–३ निवासी ४० वर्षीय भण्डारी दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए ।

प्रहरीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

खोलाबाट बालुवा झिक्ने क्रममा ठूल्ठूला खाडल बनेको र त्यही खाडलमा डुबेर उनको मृत्यु भएको स्थानीय बासिन्दाले जनाएका छन् । भण्डारी दुई छोराहरुसहित पौडी खेल्न गएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!