संगालोखबर


विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा भएका घटनामा बालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–८ देवकोटा चोकस्थित खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका सुरज चौधरीका चार वर्षीय छोरा टेरेन्स चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

कोठाभित्रै खेलिरहेका बेला ती बालकलाई बिजुलीमा जोड्ने मल्टीप्लगबाट करेन्ट लागेको थियो । उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले बालकको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

यसैगरी, सुनवर्षी नगरपालिका–९ डाइनियाका फोटो स्टुडियो सञ्चालक ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर सोमबार राति मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ल्यापटपमा पेनड्राइभ जोड्न खोज्दा उनलाई करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार त्यस क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!