संगालोखबर

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित भएका छन् । जिल्ला कमिटी पदाधिकारीमा उनीसहितको प्यानलै निर्वाचित भएको छ । सदस्यमा पनि अधिकांश उनको प्यानलकै निर्वाचित भएका छन् ।

Advertisement

सोमबार बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार लिम्बु ३१४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रहेका निरेन तामाङले २०७ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्ष पदमा चिन्तन तामाङ निर्वाचित भएका छन् । उनले २९४ मत प्राप्त गरे भने प्रतिस्पर्धी मनोज राईले २०९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला कमिटी सचिवमा २९६ मत प्राप्त गर्दै पर्शुराम नेपाल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी शेरबहादुर लिम्बुले १९६ मत प्राप्त गरे ।

यस्तै, उपसचिवमा खुलातर्फ २९३ मतसहित नैन विश्वकर्मा निर्वाचित भए । उनका प्रतिस्पर्धी गोपाल भट्टराईले १८७ मत प्राप्त गरे । उपसचिवमा महिलातर्फ २६५ मत ल्याएर तुलसी राई निर्वाचित भइन् भने उनकी प्रतिस्पर्धी मनकुमारी तितुङ (तारा) ले २२६ मत प्राप्त गरिन् ।

शनिबार सुरु भएको जिल्ला कमिटीको आठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि आइतबार साँझबाट मतदान सुरु भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए । नेतृत्व र पदाधिकारीका लागि दुईवटा प्यानल बनाएर आकांक्षीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । अधिवेशनको शनिबार एमालेका केन्द्रीय उपाध्यक्ष डा. युवराज ज्ञवालीले उद्घाटन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!