संगालोखबर

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।

Advertisement

नेपालभरका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले नोवेलमा उपचार गर्दा सहुलियत प्राप्त गर्ने छन् ।

सम्झौताअनुसार सशस्त्र प्रहरी बलबाट उपलव्ध गराएको परिचय पत्र वा रिफर भई आएका विरामीहरुलाई नोवेल शिक्षण अस्पतालको बहिरङ्ग विभागमा दर्ता शुल्क निःशुल्क गरिनुका साथै उपचारको क्रममा हुने परीक्षण र उपचार सेवा र नोवेलले संचालन गरेको फार्मेसीमा औषधी खरिद गर्दा छुट हुने व्यवस्था गरिएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट अस्पताल निर्देशक डा. राजेश नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौता २०८१ जेठ १४ गतेबाट एक वर्ष सम्मको लागि गरिएको नोवेल शिक्षण अस्पतालका अस्पताल निर्देशक डा. राजेश नेपालले बताए । सशस्त्र प्रहरीका बहालवाला, अवकाश प्राप्त कर्मचारीहरु, उनीहरुका आश्रित परिवार र अमर सहिदका परिवारलाई सहुलियत सहितको स्वास्थ्य उपचार सेवा दिन पाउदा हर्षित भएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!