संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–७ मा मौरीपालन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा हेरिटेज टेक्निकल ट्रेनिङ एण्ड रिसर्च इन्स्टिच्युट धरानको आयोजनामा ७ दिने आधारभूत तालिम सम्पन्न भएको हो ।

‘उन्नत सीप सिकौँ, सफल व्यवसायी बनौँ’ भन्ने नाराका साथ तालिम आयोजना गरिएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक रोशन बजगाईँले जानकारी दिए । तालिममा आधुनिक घारमा मौरी पालन कसरी गर्ने भन्नेलगायतका विषयमा जानकारी गराइएको उनले बताए । तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Advertisement

तलिममा सहभागीहरूले सिकेको सीप व्यवसायमा लागू गर्ने बताएका छन् । यस्तै, वडा नम्बर २ मा पनि मौरीपालन सम्बन्धी आधारभूत तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए । उक्त तालिममा पनि २५ जना सहभागी छन् । तालिममा केही मौरीपालक कृषकहरूको पनि सहभागिता रहेकाले उनीहरूलाई भोलिका दिनमा व्यवसायलाई गति दिन थप सहज हुने बजगाईँले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!