संगालोखबर

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो ।

Advertisement

यसअघि राम राना दलको कोशी प्रदेश संसदीय दलका उपनेता थिए । उनी आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उपनेताको जिम्मेवारी मेन्याङ्बोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक कमला दर्नालले जानकारी दिइन् ।

राना २०८० वैशाख २० गते संसदीय दलको उपनेतामा चयन भएका थिए । दलको उपनेतामा चयन भएका मेन्याङ्वो नेकपा एमाले पोलिटब्युरो सदस्य समेत हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!