संगालोखबर


विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले युवामैत्री कानुन बनाउनुपर्ने बताएका छन् । ‘कोशी प्रदेश युवा सम्मेलन २०२४’ को उद्घाटन समारोहमा बोल्दै सभामुख विष्टले आइतबार यस्तो बताएका हुन् ।

त्यस अवसरमा उनले युवाहरू परिवर्तनका संवाहक रहेको भन्दै प्रदेशले युवामैत्री कानुन बनाउन जोड दिने र स्वदेशमै युवालाई आत्मानिर्भर बनाएर देश निर्माणमा लाग्ने वातावरण बनाउने कुरामा आफू सदैव सकारात्मक रहेको बताए ।

Advertisement

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ प्रदेश युवा सम्मलेन सुरु भएको हो । नेपाल युवा परिषदको आयोजनामा मोरङको कटहरी गाउँपालिकास्थित जीवन विकास समाजको हलमा शुरु भएको सम्मेलन आगामी जेठ १४ गतेसम्म सञ्चालन हुने छ ।

१४ जिल्लाको समावेशी प्रतिनिधित्व रहेको सम्मेलनमा जीवन्त युवा सांस्कृतिक साँझसंगै रैथाने एवं परम्परागत खाना परिकारहरूको प्रदर्शनी र रैथाने खाद्यान्नको बीउ खेती प्रदर्शन पनि गरिने नेपाल युवा परिषद कोशी प्रदेशका संयोजक अभय मगरले बताए ।

सम्मेलनका सहभागीले प्रादेशिक कार्य योजना निर्माण गरी मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश योजना आयोगलाई बुझाउने योजना पनि रहेको प्रदेश संयोजक मगरले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!