संगालोखबर
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको भोर्लाबोट भन्ने स्थानमा भएको दुर्घटनामा स्थानीय एक बालिकाको सोमबार बेलुका मृत्यु भएको छ ।

लेगुवाबाट भोजपुरतर्फ आउँदै गरेको प्र–२०३–००३ त २८९० नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०२–००३ ह ६७४ नम्बरको अटो आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त दुर्घटनामा अटोमा सवार भोजपुरको अरुण गाउँपालिका–५ की १० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको हो । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अटोमा सवार ३३ वर्षीया सुनिता तामाङ घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकसहित गाडी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीे जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!