संगालोखबर


विराटनगर । पोखरीमा डुबेर मोरङको लेटाङमा एकजनाको मृत्यु भएको छ । स्थानीय सामुदायिक वनभित्र रहेको राजारानी पोखरीमा डुबेर केराबारी–९ का ५९ वर्षीय भक्तबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आइतबार बिहानदेखि सम्पर्कविहीन बनेका थिए । खोजी गर्ने क्रममा पोखरीमा डुबेको अवस्थामा साँझ मृत फेला पारिएको थियो । नुहाउनका लागि पोखरीमा पस्दा उनको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!