संगालोखबर


धनकुटा । नेकपा (एमाले) धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको एमाले पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शिव आङ्ला लगायत पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए । त्यसपछि अध्यक्ष आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिब पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा र तुलसी राईले पदभार ग्रहण गरेका हुन् । उनीहरुलाई एमाले धनकुटाका निवर्तमान अध्यक्ष एवं कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले पदभार ग्रहण गराएका थिए ।

Advertisement

पदभार ग्रहण गर्दै अध्यक्ष आङ्लाले गत स्थानिय तह लगायतका चुनावमा भएका कमी सुधार्दै पार्टीलाई बलियो बनाएर लैजाने बताए । उनले हिजोका दिनमा पार्टीभित्र केही असमझदारी भए पनि त्यसलाई ठूलो विषयबस्तु नबनाई मिलेर जानुपर्ने बताए ।

उनले योग्यता र क्षमताअनुसार जिम्मेवारी सुम्पिने समेत बताए । गाउँ, नगर प्रदेश अनि देशको विकास नेकपा एमालेले मात्र गर्न सक्ने दाबी गर्दै उनले पार्टीलाई २०८४ मा धनकुटाका ७ स्थानीय तह र ६० वटै वडामा जिताउने योजनासहित अघि बढ्ने बताए ।

आठौँ जिल्ला अधिवेशनले आङ्लाको अध्यक्षतामा ९६ सदस्य जिल्ला कमिटी चयन गरेको छ । पदाधिकारीसहित ३५ जनाको लागि मतदान भएको थियो भने लेखा समितिसहित ६१ जना सर्वसम्मत चयन भएका थिए ।

३० जना सदस्यका लागि ५७ जनाको उमेद्वारी परेको थियो । जेठ १२ गते शनिबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका मतदान प्रक्रियाबाट चयन गरिएको हो । अधिवेशनमा ५ सय ४४ जना मतदाता रहेकामा ५ सय ३७ मत खसेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!