संगालोखबर

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको आठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित सामुदायिक भवनमा मतदान सुरु भएको हो ।

Advertisement

अध्यक्ष, उपाध्यक्ष, सचिव र महिला एकसहित दुई उपसचिव र सदस्यहरु चयन गर्न मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मतत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भइरहेको हो ।

अधिवेशनमा सहमतिबाट नेतृत्व चयनका लागि छलफल भएपनि आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुन लागेको हो । अध्यक्ष पदका लागि वर्तमान उपसचिव शिव आङ्ला र जिल्ला सचिवालय सदस्य निरेन तामाङले उम्मेदवारी दिएका छन् । उनीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।

आङ्लाको टिममा उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा पर्शुराम नेपाल, उपसचिवमा नैन विश्वकर्मा र तुलसी राई छन् । यस्तै, निरेन तामाङ प्यानलमा उपाध्यक्षमा मनोज राई, सचिवमा शेरबहादुर लिम्बू र उपसचिवमा डा. गोपाल भट्टराई र मनकुमारी तितुङ (तारा) उम्मेदवार छन् । यस्तै, ३५ सदस्यका लागि ६७ जनाको उमेद्वारी परेको छ ।

यसअघि पदाधिकारीसहित सदस्यहरुमा १५० जनाको उमेद्वारी दर्ता भएकोमा १७ जनाले उमेद्वारी फिर्ता लिएका थिए । निर्वाचनमा ५ सय ४८ प्रतिनिधिले मतदान गर्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!