विराटनगर । घरबाट हिँडेपछि सम्पर्कविहीन बनेकी मोरङको कटहरीकी बालिका मृत अवस्थामा भेटिएकी छन् । कटहरीस्थित सुखानी खोलामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
कटहरी गाउँपालिका–५ का धर्म झाँगडकी ७ वर्षीया छोरी प्रीति झाँगडको शव फेला परेको हो । उनको खोलामा डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।
घर नफर्केपछि उनको खोजी गरिएको थियो । खोजीका क्रममा सोमबार उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।