भेडेटारबाट धरान आउँदै गरेको अटोमा गाँजा, बाबु-छोरासहित तीन जना पक्राउ
विराटनगर । सुनसरी धरान उपमहानगरपालिका-१३ बाट १९ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-४ का ४८ वर्षीय जोकबहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी-३ का ३६ वर्षीय सुरज लिम्बु रहेका छन् ।
प्रहरीका अनुसार जोकबहादुर अटो चालक हुन् । भेडेटारबाट धरानतर्फ आएको को २ ह ४७३९ नम्बरको अटोमा चेकचाँज गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी विराटनग...





















