संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१५ मा ट्याक्टरले किचेर एक बालकको  मृत्यु भएको छ ।

भारतको वेस्ट बंगाल घर भइ इटहरी-१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका तीन वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको हो ।

Advertisement

मंगलबार प्र १-०२-००३ त ७०२ नम्बरको ट्याक्टरले बालकलाई किचेको थियो । प्रहरीका अनुसार इँटा भट्टा बाहिर खेलिरहेका बालकलाई ट्याक्टरको पछाडिको चक्काले किचेको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्याक्टर चालक सुनसरीको इनरुवा नगरपालिका-६ का ४३ वर्षीय पुनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!