संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । इटहरीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भएर इटहरी-१२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुरको कटारी-२ की २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए ।

Advertisement

उपचारका क्रममा चौधरीको मृत्यु भएको हो भने उमाको उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!