संगालोखबर


विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ को एक कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोसी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।

मन्त्रालयले सप्तकोसी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान दुई सय मिटरको दूरीसम्म, खुल्ला मैदान एक सय ५० मिटरको दूरीसम्म र खुल्ला मैदान तीन सय मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।

‘चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोही बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजिकरण तथा सहकार्यको लागि अनुरोध छ,’ मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा भनिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका अनुसार फर्ममा अण्डा पार्ने पाँच सय ठूला हाँस मध्ये दुई सय भन्दा बढी मरिसकेका छन् । यसैगरी साना हाँस पनि दुई सय भन्दा बढी मरिसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!