विराटनगर । सुनसरी धरान उपमहानगरपालिका-१३ बाट १९ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-४ का ४८ वर्षीय जोकबहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी-३ का ३६ वर्षीय सुरज लिम्बु रहेका छन् ।
प्रहरीका अनुसार जोकबहादुर अटो चालक हुन् । भेडेटारबाट धरानतर्फ आएको को २ ह ४७३९ नम्बरको अटोमा चेकचाँज गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी विराटनगर-१५ बाट १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित धरान उपमहानगरपालिका-१७ का ४० वर्षीय राज श्रेष्ठ पक्राउ परेका छन् । सुनसरी बराहक्षेत्र नगरपालिका-७ बाट १ सय मिलिग्राम ब्राउन सुगरसहित स्थानीय ३० वर्षीय विकास भण्डारी र २३ वर्षीय सुशील शेर्पा पक्राउ परेका छन् ।
उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।