संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको दुहबीमा सवारी दुर्घटना हुँदा आमा-छोरा गम्भीर घाइते भएका छन् । आज दिउँसो १२ बजेतिर कोशी लोकमार्ग अन्तरगत दुहबी-८ स्थित हुलास फ्याक्ट्री अगाडि दुर्घटना भएको हो ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक इटहरी-५ का २१ वर्षीय नवराज बुढाथोकी र मोटरसाइकल पछाडि सवार उनकी आमा ५० वर्षीया श्रीमाया बुढाथोकी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेका नवराजको विराट नर्सिङ होममा उपचार भइरहेको छ । अनुहार र टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी श्रीमायाको विराट मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक धरान उपमहानगरपालिका-८ का ३९ वर्षीय बुद्धि तामाङलाई प्रहरीले पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!