संगालोखबर


विराटनगर । धनकुटाबाट दुई वटा जेब्रा झोलामा गाँजा बोकेर आउँदै गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ः३० बजे प्रहरीलाई देखेर भागेको मोटरसाइकल सेउती पुल नजिक फेला परेको हो । मोटरसाइकल नियन्त्रणमा लिएसँगै प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार तीनकुने चोकस्थित भित्री सडकखण्डमा इटहरीतर्फ आउँदै गरेको बा ८३ प २९०४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा भागेको थियो । भागेको मोटरसाइकलको पिछा गर्दै जाँदा प्रहरीले सेउती पुल छेउमा फेला पारेको थियो ।

Advertisement

‘दुई वटा जेब्रा झोलाबाट ४० किलो गाँजा बरामद भएको छ’, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले संगालोखबरसँग भने, ‘मोटरसाइकल पछाडि सवार एक जनालाई पक्राउ गरिएको छ । चालक फरार रहेकाले खोजी भइरहेको छ ।’

पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का २१ वर्षीय सुरेश सिवा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको छ । धनकुटाबाट गाँजा ल्याएको खुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको जवेगुले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!