मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरेले आगामी निर्वाचनलाई लक्षित गर्दै ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफ्नो क्षेत्रको विकासका लागि प्राथमिकताका आधारमा तयार पारिएको विस्तृत योजना उनले सार्वजनिक गरेका हुन् । उम्मेदवार घिमिरेले विशेष गरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनको ...
रंगेलीको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान

रंगेलीको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान

विराटनगर । अमेरिकाको भर्जिनिया निवासी साहित्यकार तथा समाजसेवी पशुपति घिमिरेले रंगेलीको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेका छन् । उनले विद्यार्थीको चाहना अनुसार चार थान भलिबल र दुई थान नेट विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूसित शैक्षिक गुणस्तर र खेलकुद विषयमा छलफल समेत गरेका छन् । उनले विद्यालयको आर्थिक र भौतिक संरचना अत्यन्तै ...
विराटनगरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ

विराटनगरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ

विराटनगर । विराटनगर-११ जनपथ टोलबाट सडकमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान-१५ का ४१ वर्षीय दिपेश रेग्मी छन् । प्र १-०२-०४८ प २०६३ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा रेग्मीलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनका सम्ब...
मोरङको रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मोरङको रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले उद्‌घाटन गरेका छन् । उद्‌घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएको बताए ।...
मोरङको रंगेलीमा कृषि फार्ममा आगलागी हुँदा ११ लाखको क्षति

मोरङको रंगेलीमा कृषि फार्ममा आगलागी हुँदा ११ लाखको क्षति

विराटनगर । मोरङको रंगेली नगरपालिका-२ मंगलबारेस्थित कृषि फार्ममा आगलागी भएको छ । आज बिहान करिब ५ः४५ बजेतिर भएको आगलागीबाट करिब ११ लाख बराबरको क्षति भएको छ । टिकुमाया अधिकारीको नाममा दर्ता रहेको र जीवन अधिकारीले सञ्चालन गर्दै आएको टिनको छानो र बाँसको टाटीबेराले बनेको फार्ममा लागेको आगो नियन्त्रणमा लिन दमकल र स्थानीयलाई एक घण्टाबढी लागेको थियो । आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् ...
मोरङ–६ का स्वतन्त्र उम्मेदवार दाहालले सार्वजनिक गरे २१ बुँदे घोषणा पत्र

मोरङ–६ का स्वतन्त्र उम्मेदवार दाहालले सार्वजनिक गरे २१ बुँदे घोषणा पत्र

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका उत्तम दाहाल (डेका) ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । ‘आफ्नो मुद्दा आफै उठाऔं’ भन्ने नाराका साथ ‘मसी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुका दाहालले २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले विद्यमान राजनीतिक व्यवस्था र भ्रष्टाचार विरुद्ध कडा प्रहार गर्दै अबको विकल्प स्व...
धनकुटामा जसपाको चुनावी घोषणा पत्र : एयरपोर्टदेखि बाँदर नियन्त्रणसम्मका योजना

धनकुटामा जसपाको चुनावी घोषणा पत्र : एयरपोर्टदेखि बाँदर नियन्त्रणसम्मका योजना

धनकुटा । जनता समाजवादी पार्टी नेपाल धनकुटाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजना समावेश गर्दै जसपाले घोषणा पत्र सार्वजनिक गरेको हो । कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने, बाँदर, बँदेललगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न पहल गर्ने घोषणा पत्रमा उल्लेख छ । य...
विराटनगरमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण

विराटनगरमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै प...
विराटनगरको जेबी ट्रान्सपोर्टबाट ७ लाख बढीको कपडा बरामद

विराटनगरको जेबी ट्रान्सपोर्टबाट ७ लाख बढीको कपडा बरामद

विराटनगर । विराटनगर-७ स्थित सातघुम्तीमा रहेको जेबी ट्रान्सपोर्टबाट प्रहरीले बिल बिजक नभएको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ । बिल बिजकमा कम मूल्याङ्कन गरिएको र भीसीटीएस बिलसमेत नभएको लत्ताकपडा ७ लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २० वटा पोका बनाएर राखेको अवस्थामा कपडा फेला पारेको हो । बरामद गरिएको कपडा कानुनी कारबाहीका लागि राजस्व अनु...
विराटनगरमा निर्वाचन सुरक्षा अभ्याससँगै नमुना मतदान

विराटनगरमा निर्वाचन सुरक्षा अभ्याससँगै नमुना मतदान

विराटनगर । विराटनगरमा निर्वाचन सुरक्षा अभ्याससँगै नमुना मतदान गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज डिग्री क्याम्पस परिसरमा अभ्यास गरिएको हो । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । निर्वाचनका बेला मतदातालाई कसरी सुरक्षित रूपमा मतदान गराउने, सम्भावित जोखिमलाई कसरी टार्ने र मतदान सम्पन्न भएप...
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व हो : मन्त्री पराजुली

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व हो : मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग एवं प्रेस काउन्सिल नेपालको समन्वयमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजना गरिएको ‘पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता’ विषयक गोष्ठीमा उनले यस्तो बताए...
मोरङ–६ मा शेखर : सुकुम्बासी व्यवस्थापनदेखि चक्रपथ निर्माणसम्मका एजेन्डा

मोरङ–६ मा शेखर : सुकुम्बासी व्यवस्थापनदेखि चक्रपथ निर्माणसम्मका एजेन्डा

विराटनगर । नेपाली काँग्रेसका नेता तथा मोरङ-६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन लगायतलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । विराटनगर-६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने र यसलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन् । उनले सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसके...
विराटनगरमा सीमा सुरक्षा बैठक : १८ गतेदेखि ७२ घण्टाका लागि सिमानाका बन्द हुने

विराटनगरमा सीमा सुरक्षा बैठक : १८ गतेदेखि ७२ घण्टाका लागि सिमानाका बन्द हुने

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठक बसेको छ । बैठकले फागुन १८ गते रातिदेखि २१ गते रातिसम्म ७२ घण्टाका लागि सिमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका नाकाहरू पूर्णरूपमा बन्द हुनेछन् । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने सहमति ...
मिल्स भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक र इटहरी भिड्ने

मिल्स भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक र इटहरी भिड्ने

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र हाम्रो इटहरी भेट्रान्स क्लबबीच भिडन्त हुने भएको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो । अब आयोजकले उपाधिका लागि शनिबार...
किताबी ज्ञानसँगै सीप र संस्कारयुक्त शिक्षामा एजेलियाको जोड

किताबी ज्ञानसँगै सीप र संस्कारयुक्त शिक्षामा एजेलियाको जोड

विराटनगर । विराटनगरको एजेलिया सेकेन्डरी बोर्डिङ स्कुलले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । बुधबारदेखि विराटनगरको आरोहण गुरुकुलमा सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न हुनेछ । कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभाव...
मिल्स भेट्रान्स गोल्डकप : एभरेष्टलाई हराउँदै  इटहरी फाइनलमा प्रवेश

मिल्स भेट्रान्स गोल्डकप : एभरेष्टलाई हराउँदै  इटहरी फाइनलमा प्रवेश

विराटनगर । हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो । अब इटहरीले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि घरेलु टोली...
हाजिरीजवाफमा विराटनगरको एभरेष्ट स्कुल प्रथम

हाजिरीजवाफमा विराटनगरको एभरेष्ट स्कुल प्रथम

विराटनगर । विराटनगर महानगरपालिका र बाल मन्दिर आधारभुत विद्यालयको संयुक्त आयोजनामा भएको महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता एभरेष्ट सेकेन्डरी स्कुल प्रथम भएको छ । एभरेष्टले ५९ जनालाई पछि पार्दै महानगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता जितेको हो । प्रतियोगितामा आर्दश स्कुल दोस्रो भयो भने मदन नगर आधारभुत विद्यालय तेस्रो तथा बुढानीलकण्ठ स्कुल सान्त्वना भयो । एभरेष्टले नगद २१ हजार, आदर्शले १५ हजार, मदन...
मोरङ-५ मा जसपाका यादवको प्रतिबद्धता : ३२ बुँदामा के-के समावेश छ ?

मोरङ-५ मा जसपाका यादवको प्रतिबद्धता : ३२ बुँदामा के-के समावेश छ ?

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मोरङ-५ को उम्मेदवार बनेका राजकुमार यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विराटनगर १४ रामजानकी मन्दिरमा आज पत्रकार सम्मेलन गर्दै यादवले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उनले ६ वटा प्राथमिकता क्षेत्रमा आधारित भएर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनको प्रतिबद्धता पत...
विराटनगरको एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी

विराटनगरको एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले आ-आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विद्यार्थीहरूले विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् । उनीहरूले विभिन्न विषयका परियोजनाहरू अभिभावकलाई देखाउँदै त्यसबारे ब...
टाइटन्सले जित्यो विराटनगर ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि

टाइटन्सले जित्यो विराटनगर ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा भएको ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । आज भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाउँदै १ सय १ रनको  योगफल तयार गरेको थियो । वारियर्सका दानिस रजाले २५ रन बनाउँदा महमद चाँदले २१ रनको योगदान दिए । टाइट...
उर्लाबारीलाई हराउँदै युनाइटेड सेमिफाइनलमा प्रवेश

उर्लाबारीलाई हराउँदै युनाइटेड सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी काेशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज भएको अन्तिम क्वार्टरफाइनलमा उर्लाबारी भेट्रान्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो । युनाइटेडको जितमा जागेश्वर चौधरीले दुई र तेजमान लिम्बुले एक गोल गरे । उर्ला...
विराटनगरमा सुविधासम्पन्न भवनमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालन हुँदै

विराटनगरमा सुविधासम्पन्न भवनमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालन हुँदै

विराटनगर । गुणस्तरीय, प्रविधिमैत्री, सीपमूलक तथा शैक्षिक बेरोजगार समस्या समाधान गर्ने उद्देश्यले विराटनगरमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालनमा आउने भएको छ । विराटनगर-१० कलेज रोडमा शैक्षिक सत्र २०८३ देखि सुविधासम्पन्न भवनमा मार्टस मेमोरियलले ‘प्लस टु’ सञ्चालनको तयारी थालेको हो । विज्ञान, व्यवस्थापन, कम्प्युटर शिक्षा तथा  होटल म्यानेजमेन्टको पढाइ हुने मार्टस मेमोरियलले जनाएको छ । शिक्षा क्षेत्रक...
मिल्स भेट्रान्स गोल्डकपको सेमिफाइनलमा आयोजक र जहदा प्रवेश

मिल्स भेट्रान्स गोल्डकपको सेमिफाइनलमा आयोजक र जहदा प्रवेश

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा एभरेष्ट भेट्रान्स क्लब जहदा र आयोजक मिल्स भेट्रान्स (रातो) सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरस्थित जुटमिलको खेलमैदानमा आज भएको पहिलो खेलमा जहदाले मिल्स भेट्रान्स क्लब (निलो) लाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित समयसम्म दुबै टोलीबाट...
विराटनगर ग्रिनपिस सुपरलिगमा भोल्ट्स र टाइटन्स विजयी

विराटनगर ग्रिनपिस सुपरलिगमा भोल्ट्स र टाइटन्स विजयी

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्ट्स र टाइटन्स् विजयी भएका छन् । पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भोल्ट्सले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पारेको थियो । भोल्ट्सका  महमद अफतावले ४९ रन बनाउँदा मुर्सिद मन्सुरले २४ रनको योगदान दिए । वारिर्यसका महमद जाहिद ३ विकेट लिँदा सलमान र...
विराटनगरबाट ५ लाख मूल्य बढीको वेवारिसे चस्मा बरामद

विराटनगरबाट ५ लाख मूल्य बढीको वेवारिसे चस्मा बरामद

विराटनगर । विराटनगर-९ घोगापुल चोकबाट प्रहरीले पाँच लाख मूल्य बढीको वेवारिसे चस्मा बरामद गरेको छ । आइतबार दिउँसो ४ः५० बजेको समयमा पाँच हजार चार सय १० थान चस्मा प्रहरीले बरामद गरेको हो । १४ वटा पोकामा करिब पाँच लाख ४१ हजार मूल्य पर्ने चस्मा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए । बरामद भएको चस्मा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको ...
मोरङ-५ मा एमाले उम्मेदवारको प्रतिबद्धता : ‘विराट औद्योगिक क्षेत्र’ घोषणासहितको योजना सार्वजनिक

मोरङ-५ मा एमाले उम्मेदवारको प्रतिबद्धता : ‘विराट औद्योगिक क्षेत्र’ घोषणासहितको योजना सार्वजनिक

विराटनगर । नेकपा एमालेका तर्फबाट मोरङ-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज कुमार अग्रवालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर उम्मेदवार अग्रवालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘मेरो क्षेत्र, मेरो जिम्मेवारी’ भन्ने सङ्कल्प साथ उम्मेदवार अग्रवालले उद्योग, कृषि, शिक्षा र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेर प्रतिबद्धता पत्...
अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएको मेयर कोइरालाको दाबी

अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएको मेयर कोइरालाको दाबी

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ । महानगरको सहकारी शाखाले आयोजना गरेको ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्‌घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तर...
मोरङ-३ का एमाले उम्मेदवार राईको प्रतिबद्धता : कानुन निर्माण, पर्यटन र कृषिलाई प्राथमिकता

मोरङ-३ का एमाले उम्मेदवार राईको प्रतिबद्धता : कानुन निर्माण, पर्यटन र कृषिलाई प्राथमिकता

विराटनगर । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार इरन कुमार राईले मोरङ क्षेत्र नम्बर ३ को समग्र विकासलाई मध्यनजर गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । पर्यटन, कृषि आधुनिकीकरण र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले जिल्लाभित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताए । बेलबारीस्थित बेतना ...
मिल्स भेट्रान्स गोल्डकपमा विराटनगर र इटहरी विजयी

मिल्स भेट्रान्स गोल्डकपमा विराटनगर र इटहरी विजयी

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा आज भएका खेलमा युनाइटेड भेट्रान्स क्लब विराटनगर र हाम्रो इटहरी भेट्रान्स क्लब विजयी भएका छन् । विराटनगरस्थित जुटमिलको खेलमैदानमा भएको पहिलो खेलमा आयोजक सहरको युनाइटेड भेट्रान्स क्लबले पथरी शनिश्चरे भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइलनमा स्थान बनाएको हो । खेलको अन्तिम समयसम्म न...
मोरङ ६ मा एमाले नेता ढकालको ३० बुँदे प्रतिबद्धता : ढल निकासदेखि ‘पढ्दै-कमाउँदै’ सम्मका योजना

मोरङ ६ मा एमाले नेता ढकालको ३० बुँदे प्रतिबद्धता : ढल निकासदेखि ‘पढ्दै-कमाउँदै’ सम्मका योजना

विराटनगर । नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद ढकालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बुबाको निधनपछि कोरामा बसेकै अवस्थामा आज विराटनगर–५ सम्झना चोकस्थित निवासबाटै उनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । विगत चार दशकदेखि यस क्षेत्रको राजनीति र सामाजिक सेवामा सक्रिय ढकालले विराटनगरको डुबान समस्या समाधानदेखि युवा स्वरोजगारसम्मक...
रंगेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मिनील्यान्डलाई

रंगेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मिनील्यान्डलाई

विराटनगर । मोरङको रंगेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मिनील्यान्ड इङ्लिस स्कुलले जितेको छ । मिनील्याण्डले ३२ अङ्कका साथ पहिलो स्थान प्राप्त गरेको हो । यस्तै पब्लिक माध्यमिक विद्यालय २३ अङ्कका साथ दोस्रो हुँदा  महालक्ष्मी माध्यमिक विद्यालय २१ अङ्क प्राप्त गर्दै तृतीय भएको छ । माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २७ वटा सामुदायिक र १४ वटा  संस्था...
error: Content is protected !!