मोरङमा कुन क्षेत्रको मतगणना कहाँ हुन्छ ?

मोरङमा कुन क्षेत्रको मतगणना कहाँ हुन्छ ?

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङका ६ वटै क्षेत्रको मतगणना फरक-फरक स्थानमा हुनेछ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रत्येक क्षेत्रका लागि अलग-अलग मतगणना केन्द्र निर्धारण गरिएको छ । मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ भने २ नम्बर क्षेत्रको मतगणना सिजुवाको विश्वनाथ मन्दिर परिसरमा गरिनेछ । कार्यालयका अनुसार क्षेत्र नम्बर ३ को मतगणना बेलबारीस...
विराटनगरमा यसरी हुँदैछ मतदान (फोटो फिचर)

विराटनगरमा यसरी हुँदैछ मतदान (फोटो फिचर)

विराटनगर । विराटनगरमा प्रतिनिधि सभा सदस्य निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । साँझ ५ बजेसम्म हुने मतदानमा मोरङका ६ वटै क्षेत्रका मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता रहेको छ । जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले देश र जनताका पक्षमा काम गरुन् भन्ने मतदाताले अपेक्षा गरेका छन् । मोरङमा अपराह्‍न ४ बजेसम्म ५१.९४ अर्थात ४ लाख ६७ हजार १५ मत खसेको छ । मोरङमा जम्मा ७ लाख...
मोरङमा ५१ प्रतिशत मतदान

मोरङमा ५१ प्रतिशत मतदान

विराटनगर । मोरङका ६ वटा क्षेत्रमा हालसम्म ५१.९४ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार अपराह्‍न ४ बजेसम्म मोरङका सबै क्षेत्रमा ४ लाख ६७ हजार १५ मत खसेको हो । मोरङमा जम्मा ७ लाख ८३ हजार ५० मतदाता छन् । हालसम्म मोरङ–५ मा सबैभन्दा बढी ५८.४२ प्रतिशत मतदान भएको छ । यस्तै मोरङ–४ मा ५७.४९, ६ मा ५६.४७, १ मा ५२.१६, ३ मा ४५.८८ र २ मा ४४.६० प्रतिशत मत खसेको छ ।
विराटनगरका मतदाता भन्छन्– सहुलियत स्वास्थ्य, शिक्षासँगै रोजगारी पाइयोस् 

विराटनगरका मतदाता भन्छन्– सहुलियत स्वास्थ्य, शिक्षासँगै रोजगारी पाइयोस् 

विराटनगर । देशभरसँगै विराटनगरमा पनि प्रतिनिधि सभा सदस्य चयनका लागि उत्साहपूर्वक मतदान भइरहेको छ । बिहानै देखि मतदाताहरू आ–आफ्नो क्षेत्रको मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । उनीहरूले अब जित्ने प्रतिनिधिले सहुलियतमा शिक्षा, स्वास्थ्यसँगै रोजगारीको वातावरण सिर्जना गरुन् भन्ने चाहना राखेका छन् । मोरङ क्षेत्र नम्बर-६ का मतदाता राजिव दाहालले जितेर जाने प्रतिनिधिले राष्ट्र र जनताका लागि काम गर...
मोरङमा १५ प्रतिशत बढी मतदान

मोरङमा १५ प्रतिशत बढी मतदान

विराटनगर । मोरङका ६ वटै क्षेत्रमा हालसम्म १५ प्रतिशत बढी मतदान भएको छ । जिल्लाका ८ सय ८८ मतदानस्थलमा १ लाख १७ हजारभन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । क्षेत्र नम्बर १ मा १०, २ मा १६, ३ मा १०, ४ मा १६, ५ मा २१ र ६ मा १६ प्रतिशत बढी मतदान भएको छ ।
विराटनगरका मतदान स्थलमा मतदाताको बाक्लो उपस्थिति (फोटो फिचर)

विराटनगरका मतदान स्थलमा मतदाताको बाक्लो उपस्थिति (फोटो फिचर)

विराटनगर । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान देशभर सुरु भएको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । देशभरसँगै विराटनगरका मतदान स्थलमा पनि मतदाताहरूको सहभागिता बाक्लो छ । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर मतदान गर्न सकिने जनाएको छ । महिला र पुरुषक...
मोरङमा निर्वाचन बहिष्कार गर्दै हिँडेका नेकपा बहुमतका दुई नेता पक्राउ

मोरङमा निर्वाचन बहिष्कार गर्दै हिँडेका नेकपा बहुमतका दुई नेता पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-६ बाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई नेता पक्राउ परेका छन् । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैंचा नगरपालिका-१० का ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाईं र मोरङ जिल्ला सचिव झापाको दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेल छन् । इलाका प्रहरी कार्याल...
सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको वस्तु बम नभएको पुष्टि

सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको वस्तु बम नभएको पुष्टि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । आज अपरान्ह १२ः१५ बजे सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा भेटिएको बस्तु बम नभएको पुष्टि भएको हो । नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा उक्त वस्तु बम नभएको पत्ता लागेको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले संगालोखबरलाई जानकारी...
मोरङको सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङको सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । आज अपरान्ह १२ः१५ सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएको हो । अहिले इलाका प्रहरी कार्यालय बेलबारीबाट पुगेको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको छ । उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुस...
मोरङको कटहरीबाट स्रोत नखुलेको ४ लाख ६२ हजारसहित गाडी चालक पक्राउ

मोरङको कटहरीबाट स्रोत नखुलेको ४ लाख ६२ हजारसहित गाडी चालक पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का अन्दाजी २४ वर्षीय विशाल टुडू छन् । प्रदेश १-०२-००२ च ६६१० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाड...
विराटनगरमा शंकास्पद भनिएको बस्तु माटोको भाँडो

विराटनगरमा शंकास्पद भनिएको बस्तु माटोको भाँडो

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित डाँफे चोकमा आज बिहान भेटिएको  शंकास्पद बस्तु माटोको भाँडो भएको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चोकमा भेटिएको वस्तु बम जस्तो देखिएपछि त्रास छाएको थियो । उक्त शंकास्पद वस्तु पूजाआजा गरेर मन्साएको माटोको भाँडो रहेको पत्ता लागेको हो । वडा प्रहरी कार्यालय विराटनगरको टोली गस्ती गर्दै जाने क्रममा बिहानका राति २ बजेतिर कालो प्लाष्टिकमा पोको पारेर ...
मोरङ–६ ले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको छ : योगेश भट्टराई

मोरङ–६ ले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको छ : योगेश भट्टराई

विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विराटनगरको साख फर्काउने कामको नेतृत्व विनोद ढकालले मात्र गर्न सक्ने बताएका छन् । आज विराटनगरमा मोरङ-६ का एमाले उम्मेदवार ढकालको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र यहाँका बासिन्दाको आत्मसम्मान बढाउने काम एमाले नेता ढकालले मात्रै गर्न सक्ने उनले दाबी गरे । मोरङ-६ ले ढकाल ...
मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिए कर्मचारी

मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिए कर्मचारी

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङका ६ वटै  निर्वाचन क्षेत्रका मतदान स्थलहरूमा कर्मचारीहरू पुगेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री लिएर आज कर्मचारीहरू सबै मतदान स्थलहरूमा पुगेका हुन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार कर्मचारीहरूले १ नम्बर क्षेत्रका लागि उर्लाबारी, २ नम्बर क्षेत्रका लागि सिजुवा र ३ ...
मोरङमा निर्वाचनको तयारी अन्तिम चरणमा, कसरी गरिन्छ मतपेटिकाको सुरक्षा ?

मोरङमा निर्वाचनको तयारी अन्तिम चरणमा, कसरी गरिन्छ मतपेटिकाको सुरक्षा ?

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मोरङमा तयारी अन्तिम चरणमा पुगेको छ । आज नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरू र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका निर्वाचन सामग्री पुगिसकेक...
मोरङको रंगेलीमा एमाले उम्मेदवार मनोज अग्रवालको चुनावी र्‍याली

मोरङको रंगेलीमा एमाले उम्मेदवार मनोज अग्रवालको चुनावी र्‍याली

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमाले उम्मेदवार मनोजकुमार अग्रवालको चुनावलक्षित मोटरसाइकल र्‍यालीमा जनलहर देखिएको छ । आक्रमक चुनावी अभियान सञ्चालन गरिरहेका अग्रवालले आज रंगेलीमा आयोजना गरेको र्‍यालीमा उल्लेखनीय संख्यामा सहभागिता रहेको थियो । रंगेलीका विभिन्न स्थानहरूमा निकालिएको वृहत् र्‍यालीमा क्षेत्रका नागरिक र कार्यकर्ताहरू सम्मेलित जनसागर उर्लिएको थियो । रंगेली बजारस्थित क...
विराटनगरको अर्किड स्कुलले अभिभावक दिवसमा गर्यो विद्यार्थीलाई सम्मान

विराटनगरको अर्किड स्कुलले अभिभावक दिवसमा गर्यो विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरको अर्किड पब्लिक स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सो अवसरमा स्कुलले एमबीबीएस तथा इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका दुई विद्यार्थीलाई सम्मान गरेको छ । एमबिबिएसमा पूर्ण छात्रवृत्ति पाएका मञ्जिल दाहाल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका अभिनव दत्तलाई सम्मान गरिएको हो । यस्तै विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा...
मोरङ–६ मा उनेपाका उम्मेदवार बुढाथोकीले गरे एमालेका ढकाललाई समर्थन

मोरङ–६ मा उनेपाका उम्मेदवार बुढाथोकीले गरे एमालेका ढकाललाई समर्थन

विराटनगर । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी समीकरण अप्रत्याशित मोडमा पुगेको छ । उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् । आज बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै बुढाथोक...
विराटनगरको कान्तिपुर माविले मनायो ११ औं वार्षिकोत्सव

विराटनगरको कान्तिपुर माविले मनायो ११ औं वार्षिकोत्सव

विराटनगर । विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । तीन दिवसीय कार्यक्रम अन्तरगत विद्यालयले दुई दिने कार्यक्रम विविध कार्यक्रम गरेर सम्पन्न गरेको हो । कार्यक्रमको उद्‌घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए । उद्‌घाटन कार्यक्रममा बोल्दै मेयर कोइरालाले विराटनगर शैक्षिक केन्द्रका रूपमा स्थापित भएको उल्लेख गरे । उनले यसलाई थप अगाड...
मोरङ प्रशासनले भन्यो– मौन अवधिमा होली पर्व परेकाले घरभित्रै सीमित भएर मनाउनुहोस्

मोरङ प्रशासनले भन्यो– मौन अवधिमा होली पर्व परेकाले घरभित्रै सीमित भएर मनाउनुहोस्

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले यस वर्षको होली पर्वलाई निर्वाचन आचारसंहिताको संवेदनशीलतालाई मध्यनजर गर्दै आ–आफ्नो घर परिसरभित्रै सीमित भएर मनाउन आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा होली पर्व परेकाले सुरक्षा र आचारसंहिता पालनाका लागि प्रशासनले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा यस व...
मोरङमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

मोरङमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङमा मदिराको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको जनाइएको छ । गृह मन्त...
मोरङको बेलबारीमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङको बेलबारीमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ मा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ । दुर्घटनामा बेलबारी-२ लालभित्तीका ७९ वर्षीय जसबहादुर राईको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री राईलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि व...
मोरङ-३ का ३६६ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

मोरङ-३ का ३६६ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत मतदान केन्द्रहरूमा खटिने ३ सय ६६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । बिहीबार पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा उनीहरूलाई तालिम प्रदान गरिएको हो । मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङ, क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत रुद्रप्रसाद अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कोशी प्रदेशका तिनै तहका सुरक्षा न...
मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार अचानक श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई मंगलबार राति १० बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार राति १०ः४६ बजेतिर मृत्यु भएको ढ...
मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेले सके पहिलो चरणको घरदैलो

मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेले सके पहिलो चरणको घरदैलो

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको चुनावी अभियान सकेका छन् । फागुन १३ गतेसम्म निर्वाचन क्षेत्रका २३ वटै वडामा घरदैलो गरेका हुन् । अभियानको समीक्षा गर्दै घिमिरेले पहिलो चरणमा २० हजारभन्दा बढी घरसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरेको बताए । चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले मोरङ ४ मा सङ्गठन परिचालन तीब्र बनाएको छ । २३ व...
विराटनगरको आरोहण गुरुकुलमा विद्यार्थीहरूले प्रस्तुत गरे नाटक (फोटो फिचर)

विराटनगरको आरोहण गुरुकुलमा विद्यार्थीहरूले प्रस्तुत गरे नाटक (फोटो फिचर)

विराटनगर । विराटनगरको मोर्डन ऐरा स्कुलका विद्यार्थीहरूले ‘बाटो बिराएको बादल’ नामक नाटक मञ्चन गरेका छन् । कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेको नाटक आज आरोहण गुरुकुल नाटक घरमा मञ्चन गरिएको हो । विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार नाटकका दुईवटा शोहरू सञ्चालन गरिएका छन् । रचना सापकोटाले लेखन गरेको यस नाटकको व्यवस्थापन साइमन कार्कीले गरेका हुन् । नाटकमा कक्षा ९ का १४ ज...
राष्ट्र निर्माणले जित्यो रतुवामाई स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

राष्ट्र निर्माणले जित्यो रतुवामाई स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगर । मोरङको रतुवामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्र निर्माण बोर्डिङ स्कुल इटहराले जितेको छ । रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा भएको तीन दिवसीय प्रतियोगितामा २३ पदकसहित राष्ट्र निर्माणले उपाधि जितेको हो । रतुवामाई नगरपालिकाभित्रका २१ विद्यालयलाई पछि पार्दै ९ स्वर्ण, ७ रजत र ७ कास्यसहित २३ पदकका साथ राष्ट्र निर्माण प्रथम भएको सौँठा माध्...
विराटनगरको अर्किड कलेजका सय बढी विद्यार्थी सम्मानित

विराटनगरको अर्किड कलेजका सय बढी विद्यार्थी सम्मानित

विराटनगर । विराटनगरस्थित अर्किड कलेजले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीका साथै खेलकुद प्रतियोगितामा पदक विजेता सयभन्दा बढी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । कलेजले कक्षा ११ र १२ को आन्तरिक तथा बोर्ड परीक्षामा उत्कृष्ट १० भित्र पर्न सफल र प्रथम, द्वितीय तथा ...
विकास निर्माणका काम नै मेरा मुख्य चुनावी एजेण्डा हुन : डा. सुनिल शर्मा

विकास निर्माणका काम नै मेरा मुख्य चुनावी एजेण्डा हुन : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका युवा नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताएका छन् । पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । उनले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोइरालाको मान्यतालाई आफूले व्यवहारमा उतार...
विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय स्थापना

विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय स्थापना

विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट सञ्चालनमा आएको हो । कार्यालयको उद्‌घाटन महानगरका मेयर नागेश कोइरालाले गरेका छन् । विराटनगर-३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको उक्त कार्यालयले अब प्रतिष्ठानका कार्यक्रम र गतिविधिल...
मोरङ–६ का एमाले उम्मेदवार ढकाल पितृशोकपछि चुनावी अभियानमा

मोरङ–६ का एमाले उम्मेदवार ढकाल पितृशोकपछि चुनावी अभियानमा

विराटनगर । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ को उम्मेदवार बनेका विनोद ढकाल पितृशोकपछि चुनावी अभियानमा फर्किएका छन् । पितृशोकको १३ दिने काम सकेर आजबाट ढकाल चुनावी अभियानमा फर्किएका हुन् । चुनावी अभियानकै क्रममा माघ २९ गते १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधन भएपछि कोरामा बसेका उनी १३ दिने काम सकेको भोलिपल्टै सेतो कपडामा चुनावी अभियानमा निस्किएका छन् । उनले कोरामा बसेकै बेला फागुन ३ गते आफ...
मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरेले आगामी निर्वाचनलाई लक्षित गर्दै ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफ्नो क्षेत्रको विकासका लागि प्राथमिकताका आधारमा तयार पारिएको विस्तृत योजना उनले सार्वजनिक गरेका हुन् । उम्मेदवार घिमिरेले विशेष गरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनको ...
error: Content is protected !!