
विराटनगर । गुणस्तरीय, प्रविधिमैत्री, सीपमूलक तथा शैक्षिक बेरोजगार समस्या समाधान गर्ने उद्देश्यले विराटनगरमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालनमा आउने भएको छ । विराटनगर-१० कलेज रोडमा शैक्षिक सत्र २०८३ देखि सुविधासम्पन्न भवनमा मार्टस मेमोरियलले ‘प्लस टु’ सञ्चालनको तयारी थालेको हो ।
विज्ञान, व्यवस्थापन, कम्प्युटर शिक्षा तथा होटल म्यानेजमेन्टको पढाइ हुने मार्टस मेमोरियलले जनाएको छ । शिक्षा क्षेत्रको विकासका लागि करिब ७ करोडको लगानीमा अत्याधुनिक भवन निर्माण हुने कलेजका डाइरेक्टर नारायण स्वर्णकारले बताए ।
कलेजको अध्यक्षमा विष्णु डंगोल तथा प्रिन्सिपल सीएम श्रेष्ठ रहेका छन् । कलेजमा दक्ष र उच्च डिग्री हासिल गरेका शिक्षकहरूद्वारा पठनपाठन गराइने कलेजका अर्का डाइरेक्टर विजय कुमार महतोले जानकारी दिए ।

शिक्षालयमा नयाँ शैक्षिक सत्रदेखि विशेषगरी ग्रामीण क्षेत्रका गरिब, असहाय, जेहनदार विद्यार्थीलाई विशेष सुविधा सहित अग्राधिकार दिने कलेजका अर्का डाइरेक्टर राजु कुमार मण्डलले बताए ।
नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान संकाय, कम्प्युटर संकाय, वाणिज्य संकाय र होटेल म्यानेजमेन्ट संकायमा विद्यार्थीहरूले सुविधासहित अध्ययन गर्न पाउनेछन् । दूरदराजका विद्यार्थीहरूका लागि यातायातको समेत सुविधा रहेको कलेजले जनाएको छ ।
विराटनगरका ३० भन्दा बढी उच्च शिक्षामा डिग्री हासिल गरेका अनुभवी युवा शिक्षाप्रेमीहरूद्वारा कलेज सञ्चालन गर्न लागिएको हो । सोही अनुरूप कलेजले मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई अभिभुखिकरण गरेको छ ।

संगालोखबर 














