संगालोखबर


विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्ट्स र टाइटन्स् विजयी भएका छन् ।

पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भोल्ट्सले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पारेको थियो ।

भोल्ट्सका  महमद अफतावले ४९ रन बनाउँदा मुर्सिद मन्सुरले २४ रनको योगदान दिए । वारिर्यसका महमद जाहिद ३ विकेट लिँदा सलमान रैनले पनि ३ विकेट लिए ।

१ सय ५९ रनको लक्ष्य पाएको वारिर्यसले पुरै ओभर खेल्दै ९ विकेटमा १ सय ३० रन मात्र बनाउन सक्यो । वारिर्यसका अब्बु अन्सारीले ३७ रन बनाउँदा महमदन जाहिदले १९ रनको योगदान दिए । भोल्ट्सका प्लेयर अफ द म्याच महमद पिदा हुसैनले ५ विकेट लिए ।

दोस्रो खेलमा टाइटन्सले लायन्सलाई ६६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टाइटन्सले १८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १६ रनको  योगफल तयार पारेको थियो ।

प्लेयर अफ द म्याच टाइटन्सका रहमद हुसैनले ३० रन बनाउँदा इफ्रिदि मियाले २४ रनको योगदान दिए । लायन्सका महमद सवादुल २ विकेट लिँदा महमद समिमले पनि २ विकेट लिए ।

१ सय १७ रनकोे लक्ष्य पाएको लायन्सले १३ ओभर खेल्दै सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । लायन्सका अल्ताफ शेखले १५ रन बनाउँदा सादिक आलमले १९ रनको योगदान दिए । टाइटन्सका मिराज शेखले ३ विकेट लिँदा रहमद हुसैनले २ विकेट लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!