
विराटनगर । विराटनगर-९ घोगापुल चोकबाट प्रहरीले पाँच लाख मूल्य बढीको वेवारिसे चस्मा बरामद गरेको छ । आइतबार दिउँसो ४ः५० बजेको समयमा पाँच हजार चार सय १० थान चस्मा प्रहरीले बरामद गरेको हो ।
१४ वटा पोकामा करिब पाँच लाख ४१ हजार मूल्य पर्ने चस्मा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए ।
बरामद भएको चस्मा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चस्मा कसको हो खुल्न बाँकी छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














