संगालोखबर


विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा एभरेष्ट भेट्रान्स क्लब जहदा र आयोजक मिल्स भेट्रान्स (रातो) सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरस्थित जुटमिलको खेलमैदानमा आज भएको पहिलो खेलमा जहदाले मिल्स भेट्रान्स क्लब (निलो) लाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयसम्म दुबै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरबाट धकेलिएको थियो । उक्त खेलको ‘प्लेयर अफ द म्याच’ जहदाका गोलकिपर राजेन्द्र धिमाल घोषित भए ।

आजै भएको दोस्रो खेलमा आयोजक मिल्स एरिया भेट्रान्स क्लब (रातो) ले प्रकाशपुर भेट्रान्स क्लब सुनसरीमाथि ५-१ गोलको फराकिलो जित निकालेको छ । मिल्सको जितका लागि सुरज श्रेष्ठले दुई गोल गरे भने कमल खवास, दिलीप बाँस्कोटा र डेनिम राईले समान १-१ गोल गरे ।

प्रकाशपुरका तर्फबाट मुलिन सरकारले एक सान्त्वना गोल फर्काएका थिए । दोस्रो खेलको ‘प्लेयर अफ द म्याच’ मिल्सका सुरज श्रेष्ठ घोषित भए । प्रतियोगिता अन्तर्गत भोलिको खेल उर्लाबारी भेट्रान्स क्लब र युनाइटेड भेट्रान्स क्लब विराटनगरबीच हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!