धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ
धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ त्रिवेणीचोकका २५ वर्षीय अभिषेक लिम्बुको घरमा खानतलासी गरेको थियो ।
सोही क्रममा लिम्बु र उनकै घरमा आएका जिरोपोईन्टका १९ वर्षीय सागर सहनीको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो जस्तो देखिने लिसाइलो वस्तु पोका बनाएको अवस्थामा २२ थान प्रहरीले ...





























