भीमनारायण गोल्डकपः वर्षाका कारण खेल स्थगित, भोलि पुनः खेलाइने
धनकुटा । धनकुटामा सुरु भएको शहीद भीमनारायण गोल्डकपको आजको उद्घाटन खेल मध्यान्तरपछि स्थगित भएको छ । अविरल वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा एपीएफ र फोरस्टार युवा क्लब मोरङबीच खेल भइरहेको थियो । खेल सुरुवातको दोस्रो मिनेटमै एपीएफका सुमन श्रेष्ठले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर, नियमित पानी परिरहेकाले मध्यान्तरपछिको खेल स्थगित गरिएको हो ।
मध्यान...


















