‘उद्योग, व्यवसायको विकासका लागि बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्छ’

‘उद्योग, व्यवसायको विकासका लागि बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्छ’

विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योग, व्यवसायको विकासका लागि बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्ने बताएका छन् । उद्योग संगठन मोरङको ४८ औं साधारणसभा उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उद्योग, व्यवसायलाई अहिले पनि बैंकिङ क्षेत्रले सक्दो सहयोग गरिरहेको उनले बताए । ‘बैंकिङ सेक्टरले धेरै सघाइरहेको छ, उद्योग क्षेत्रले १३ अर्ब रुपैयाँ ब्याज...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्...
कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता

कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाका लागि वित्तिय व्यावस्थापन गरिएको छ । सहवित्तीयकरण सम्झौता अन्र्तगत कुमारी बैंक लिमिटेड बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंक...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन तोलाको ६०० रुपैयाँले घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा छ । त्यस्तै गरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैय...
पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँका दरले बढाएको हो । मूल्य बृद्धि भएपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेल ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसअघि पनि निगमले माघ २८ गते पेट्रोल, डिजेल, मट्टिते...
उद्योग व्यापार क्षेत्र पुरानै लयमा फर्कदै, राजश्व संकलन उत्साहजनक

उद्योग व्यापार क्षेत्र पुरानै लयमा फर्कदै, राजश्व संकलन उत्साहजनक

विराटनगर । कोरोना महामारीबाट प्रभावित भएको उद्योग व्यापार क्षेत्र पुरानै लयमा फर्किन थालेसँग राजश्व संकलन पनि उत्साहजनक बन्दै गएको छ । झण्डै ६ महिनासम्म संकटग्रस्त अवस्थाबाट गुज्रिएको उद्योग र व्यापार क्षेत्र कात्तिकयता सुधारोन्मुख हुँदै पुरानो लयमा आईपुग्दा राजश्व संकलन पनि उत्साहजनक बन्दै गएको हो । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष २०७७/७८ को मद्यावधिसम्म कर संकलनको ९९.८७ प्...
प्रदेश १ को बजेट खर्च र आम्दानीको अवस्था सन्तोषजनक

प्रदेश १ को बजेट खर्च र आम्दानीको अवस्था सन्तोषजनक

विराटनगर । चालु आर्थिक बर्षमा प्रदेश १ सरकारको बजेट खर्च र आम्दानीको अवस्था गत वर्षभन्दा सन्तोषजनक देखिएको छ । कोरोना महामारी र विभिन्न राजनितिक घटनाक्रमका बाबजुद प्रदेश सरकारको पछिल्लो ६ महिनाको बजेट कार्यान्वयन सन्तोषजनक देखिएको हो । आर्थिक बर्ष २०७७/०७८ का लागि कूल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पछिल्लो ६ महिनाको अवधिमा कूल बजेटको १८.६२ प्रतिशत रकम खर्च ...
सप्तकोशी डेभलपमेन्ट बैंकले एससीटीमा आधारित कार्ड प्रयोगमा ल्याउँने

सप्तकोशी डेभलपमेन्ट बैंकले एससीटीमा आधारित कार्ड प्रयोगमा ल्याउँने

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकले एससीटीमा आधारित कार्ड प्रयोगमा ल्याउने भएको छ । भुक्तानी र फछ्र्यौटका लागि बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँग सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुबेदी र स्मार्ट च्वाइसका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर...
मुक्तिनाथ बैंकको साधारण सभाः सेयरधनीलाई १५ प्रतिशत लाभांस वितरण गरिने

मुक्तिनाथ बैंकको साधारण सभाः सेयरधनीलाई १५ प्रतिशत लाभांस वितरण गरिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरामा भएको साधारण सभाले आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ प्रतिशत बोनस सेयरसहित १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, आर्थिक बर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन, ०७७/०७८ को लेखापरीक्षक नियुक्ति लगायत प्रस्तावहरु पनि साधारण सभाले पारित गरेको छ...
विराटनगरमा उद्योगी, व्यापारी र उद्योग मन्त्रालयका सचिवबीच छलफल

विराटनगरमा उद्योगी, व्यापारी र उद्योग मन्त्रालयका सचिवबीच छलफल

विराटनगर । औद्योगिक क्षेत्रका विषयमा विराटनगरमा उद्योगी व्यवसायी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेबीच छलफल भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उत्पादनशिल उद्योगलाई आवश्यक पर्ने विदेशी श्रमिकलाई स्वास्थ्य मापदण्ड पुरा गरी सहजरुपमा ल्याउने व्यवस्था गर...
अब अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्ने

अब अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्ने

काठमाडौँ । माघ १ गतेदेखि अन्तर बैंक एटीएम प्रयोग गरे वापत शुल्क तिर्नुपर्ने भएको छ । एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन अनुमति दिएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन अनुमति दिएको हो । राष्ट्र बैंकका अनुसार म...
मुक्तिनाथ विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव

मुक्तिनाथ विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कार्यक्रम गरेर १५ औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम गरेको हो । वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानका ६ वटा अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । त्यस्तै, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग गर्नुका साथ...
एकै गाउँमा डेढ करोडका सुन्तला

एकै गाउँमा डेढ करोडका सुन्तला

पर्वत । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औंशे किराको प्रकोपलगायत कारणबाट सुन्तला ...
पुरानो लयमा फर्किंदै अर्थतन्त्र, बढ्न थाल्यो कर्जाको माग

पुरानो लयमा फर्किंदै अर्थतन्त्र, बढ्न थाल्यो कर्जाको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ । गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको ...
कुमारी बैंकका ग्राहकले सात्विक आयुर्वेदको उपचारमा सहुलियत पाउँने

कुमारी बैंकका ग्राहकले सात्विक आयुर्वेदको उपचारमा सहुलियत पाउँने

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँन पर्साको बीरगंजस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रसँग स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरेको छ । कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सात्विक आयुर्वे...
कुमारी बैंकको साधारण सभा: शेयरधनीलाई १०.८५ प्रतिशत बोनस शेयर वितरण गरिने

कुमारी बैंकको साधारण सभा: शेयरधनीलाई १०.८५ प्रतिशत बोनस शेयर वितरण गरिने

काठमाडौं । कुमारी बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई गत आर्थिक बर्षको लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ...
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले आईतबारबाट लागु हुनेगरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । त्यस्तै, डिजेल र मटितेलमा दुई रुपैयाँका दरले मूल्य बृद्धि भएको निगमले जनाएको छ । अब, पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम भएको छ । आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुस...
चितवनमा प्रविधिको प्रयोगबाट बिना खनजोत गहुँखेती

चितवनमा प्रविधिको प्रयोगबाट बिना खनजोत गहुँखेती

चितवन । प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती गर्न शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका–५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती शुरु गरिएको हो । जिरो टिलेज मेसिनको प्रयोग गरी गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत एवं बिना खनजोत गहुँखेती प्रविधिका फोकल पर्सन उमराज अर्यालले जानकारी दिए । चितवनमा प्रविधि पहिल्यै भित्रिसकेको भए पनि यो...
सहिदभूमिका कृषकलाई १ करोडको कृषि सामाग्री र बीउ वितरण

सहिदभूमिका कृषकलाई १ करोडको कृषि सामाग्री र बीउ वितरण

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका कृषकहरुलाई १ करोड भन्दा बढी मूल्य बराबरको कृषि सामाग्री तथा बीउ विजन वितरण गरिएको छ । गाउँपालिकाका १ हजार ८ सय १४ कृषकलाई प्रति कृषक ५ हजार ९ सय ८५ मूल बराबरको कृषि सामाग्री तथा बीउ विजन वितरण गरिएको हो । स्वीस सरकार विकास सहयोग अन्तर्गत प्राप्त १ करोड ८ लाख ५६ हजार मूल्य बराबरको उक्त कृषि सामाग्री तथा बीउ विजन कारितास नेपाल नामक संस्थाले बितरण गरेको सहिद...
मुक्तिनाथ बैंकले पायो युरोपियन माइक्रोफाइनान्स अवार्ड

मुक्तिनाथ बैंकले पायो युरोपियन माइक्रोफाइनान्स अवार्ड

धनकुटा । मुक्तिनाथ विकास बैंकले युरोपियन माइक्रोफाइनान्स अवार्ड पाएको छ । साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गर्दै आएको बचत सेवा र त्यसले पारेको सकारात्मक परिवर्तनलाई मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको हो । लक्जमवर्गमा बिहिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले गरेको अध्ययनका आधारमा मुक्तिनाथ बैंक बिजयी बनेर पुरस्कृत भएको हो...
इलाममा चिया उत्पादन बढ्यो, मूल्य पनि राम्रो पाउँदा किसान उत्साहित

इलाममा चिया उत्पादन बढ्यो, मूल्य पनि राम्रो पाउँदा किसान उत्साहित

इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन-अटम सिजन)को चिया बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ। गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो। उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ। प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिक...
भोजपुरमा चिराइतोले उचित मूल्य नपाउँदा किसान समस्यामा

भोजपुरमा चिराइतोले उचित मूल्य नपाउँदा किसान समस्यामा

भोजपुर । बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान समस्यामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्या परेका हुन् । उत्पादन भने राम्रै भइरहेको छ । विगत वर्षमा प्रतिमन रु २० देखि २५ हजारमा चिराइतो बिक्री गर्दै आएका यहाँका कृषक यस वर्ष प्रतिमन रु ६ हजारमा बिक्री गर्न बाध्य भए । स्थानीय कृषक एकराज विष्टले भने,...
धनकुटामा सनराइज बैंकले बचतकर्ता बिरामी पर्दा दियो ८० हजार उपचार खर्च

धनकुटामा सनराइज बैंकले बचतकर्ता बिरामी पर्दा दियो ८० हजार उपचार खर्च

धनकुटा । सनराइज बैंक धनकुटा शाखाले बचतकर्ता बिरामी पर्दा स्वास्थ्य बीमा बापत ८० हजार उपचार खर्च उपलब्ध गराएको छ । बैंकमा बचत खाता खोलेर कारोबार गर्दै आएकी धनकुटा–७ की दिलकुमारी भुजेल बिरामी पर्दा बैंकले निःशुल्क स्वास्थ्य बीमा बापत रकम उपलब्ध गराएको हो । बैंकका शाखा प्रमुख दिनेश अधिकारीले बिरामी दिलकुमारीका छोरा सरोज भुजेललाई उपचार रकम खातामा जम्मा गरेको विवरणसहितको कागज हस्तान्तरण गरेका छन् । ...
बेलबारीका युवालाई बिना धितो २ प्रतिशत ब्याजदरमा ऋण

बेलबारीका युवालाई बिना धितो २ प्रतिशत ब्याजदरमा ऋण

बेलबारी । कोरोना भाइरसका कारण अहिले धेरै युवाहरु बेरोजगार बनेका छन् । बैदेशिक रोजगारीमा गएका धेरै युवाहरु घर फर्किएका छन् । कतिपय युवाहरु पुनः बैदेशिक रोजगारीमा जाने तयारीमा छन् भने कतिपय युवाहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । यस्ता युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँने उद्धेश्यले मोरङको बेलबारी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम अन्र्तगत नगरपालिका ...
कुमारी बैंकले सुरु गर्यो ‘फोनलोन’ सुविधा, तलब खाता हुनेलाई बिना धितो कर्जा

कुमारी बैंकले सुरु गर्यो ‘फोनलोन’ सुविधा, तलब खाता हुनेलाई बिना धितो कर्जा

काठमाडौं । कुमारी बैंकले ‘फोनलोन’ नामक नयाँ कर्जा सुविधा सुरु गरेको छ । सेवालाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ । कुमारी बैंकमा तलब खाता भएका ग्राहकहरुले ३० दिनसम्मका लागि १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्छन् । कर्जाका लागि कुनै पनि धितोको आवश्यकता नपर्ने र निवेदन तथा काग...
कृषि क्षेत्रका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण दिने

कृषि क्षेत्रका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण दिने

काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । ग्रामीण उद्यम तथा आर्थिक विकास परियो...
कुमारी बैंकको शाखा बिस्तार

कुमारी बैंकको शाखा बिस्तार

काठमाडौं । कुमारी बैंकले थप तीन शाखा विस्तार गरेको छ । ईलामको फिक्कल, सप्तरीको राजबिराज र बझाङ्गको थलारामा बैंकले शाखा बिस्तार गरेको हो । तीन शाखा थपिएसँगै अब कुमारी बैंकका देशभर १ सय ८९ शाखा भएका छन् । नयाँ शाखामार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई व्यवसाय वृद्धिमा वित्तीय सहयोग गर्ने बैंकको योजना छ । १२२ अर्ब निक्षेप र ११५ अर्...
नोबेलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख रकम

नोबेलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख रकम

बिराटनगर । कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ । निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक काममा लगाउँने, काम गर्नेलाई पनि न्यून तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउँनका लाग...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य १०६ रुपैंया, डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंयाँ कायम भएको छ । यो मूल्य बिहीबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएकाले सोही अनुसार मूल्...
बिराटनगरको ओशो आश्रमलाई बस्नेतद्वारा पाँच लाख सहयोग

बिराटनगरको ओशो आश्रमलाई बस्नेतद्वारा पाँच लाख सहयोग

विराटनगर । विराटनगर–२ स्थित ओशो ध्यान आश्रमलाई ओशो साधक डुल्लुराज बस्नेत (स्वामी बितराग) ले पाँच लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वकर्मचारीसमेत रहेका बस्नेतले आश्रम संचालन सहयोगका लागि अक्षयकोष निर्माण गर्न सहयोग प्रदान गरेका हुन् । आश्रममा आईतबार एक कार्यक्रमबीच कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्...
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा एक/एक रुपैयाँका दरले मूल्य घटाएको हो । यो मूल्य बुधबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोक...
error: Content is protected !!