रोकिएको भुक्तानी दिन माग गर्दै दुध उत्पादक किसान आन्दोलित
विराटनगर । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै किसानहरु फेरि आन्दोलित भएका छन् । ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै किसानका प्रतिनिधिले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ( डीडीसी) अगाडि बुधबार प्रदर्शन गरेका छन् ।
त्यस क्रममा डीडीसी कार्यालयमा तालाबन्दी गर्न खोज्ने केही किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको केही स...






























