मिल्स क्रिकेटः वाइआरसीसी र होराइजन क्वाटरफाइनलमा
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी र होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेका छन् ।
विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा वाइआरसीसीले वीरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रन र होराइजनले भारत विहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै क्वाटरफाइलनमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १७ ओभरमा ६ विकेट गुम...


























