संगालोखबर

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी र होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेका छन् ।

Advertisement

विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा वाइआरसीसीले वीरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रन र होराइजनले भारत विहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै क्वाटरफाइलनमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएको हो । वाइआरसीसीको जितका लागि देव खनालको आक्रामक शतक पूरा गरे ।

ओपनर खेलाडी देवले २९ बलमा १२ छक्का र ६ चौका प्रहार गर्दै १०२ रन बनाए । राष्ट्रिय खेलाडीले भरिएको विराटनगरका नारायण जोशीले अबिजित १३ बलमा ३३ रन बनाए । उनले ४ छक्का र १ चौका हिर्काए । इमरन नजिर र अभिषेक पलले समान २५–२५ रन पारी खेल्दा सन्दिप खत्रिले ९ बलमा २६ रनको योगदान दिए । दिपिन खत्रीले अविजित ९ बलमा १४ रन जोडे भने सविप अन्सारीले ८ बलमा १६ रन बनाए ।

वीरगन्जका सोनुले २, नितेस पेटल, सोनु शर्माले समान १–१ विकेट लिए । विराटनगरले दिएको २४३ रनको लक्ष्य पछ्याएको वीरगन्जले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन मात्रै बनाउन सक्यो । वीरगन्जका असप हुसेनले अर्धसतक पूरा गरे । ३० बलमा ५ छक्का र ५ चौका हिर्काउँदै ५१ रन बनाए । हिसुप मन्सारीले १२ बलमा अविजित २३ रन पारी खेल्दा हन्थन यादवले २३ रनको योगदान दिए ।

विराटनगरका विक्रम दासले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । भोजराज भट्टले २ विकेट र हेमन्त धामीले १ विकेट लिए । प्रतियोगिताको प्लेर अफ द म्याच सर्वाधिक रन बनाउने खेलाडी विराटनगरका देव खनाल घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । प्लेर अफ द म्याच घोषित भएका खनाललाई नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य साना जोसीले पुरस्कार वितरण गरे ।

सन्तोषको अर्धशतकमा होराइजनको जित

आजै भएको दोस्रो खेलमा भारत बिहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।

पूर्णियाले दिएको १३० रनको लक्ष्य होराइजनले १०.४ ओभरमा १ विकेट गुमाएर पुरा गरेको हो । होराइजनको जितको लागि अलराउन्डर खेलाडी सन्तोष कार्कीले अर्धसतक पूरा गरे ।

प्लेयर अफ द म्याच समेत घोषित भएका कार्कीले ३६ बलमा ८ छक्का र ९ चौका प्रहार गर्दै अर्धसतक पूरा गर्दै ८७ रन बनाए । होराइजनका ओपनर इमरनले २८ बलमा अविजित ४० रन बनाए । उनले ३ छक्का र ५ चौकका हिर्काए । पूर्णियाका अरुप रजाले १ विकेट लिए ।

त्यसअघि विराटनगर जुटमिल मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पूर्णियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १२९ रन बनाएको थियो । जसमा पूर्णियाका निहलले ३७ बलमा अविजित ४१ रन बनाए । सत्यसले १९ रन पारी खेल्दा सकक्षमले १५ रनको योगदान दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!