संगालोखबर


विराटनगर । झापामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । कन्काई नगरपालिका–२ मा करेन्ट लागेर २३ वर्षीया मीना नामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!