संगालोखबर

विराटनगर । कोशी प्रदेश मुख्य न्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधिवक्ता कोइरालालाई आज पदमुक्त गरेका हुन् ।

Advertisement

प्रदेश प्रमुखको कार्यालय विराटनगरका सूचना अधिकारी रामकुमार श्रेष्ठले विज्ञप्तिमार्फत् मुख्यमन्त्रीको सिफारिसमा संविधानको धारा १६० को उपधारा (४) को खण्ड (ख) बमोजिम वैशाख ३० गते मुख्य न्यायाधिवक्ता पदबाट कोइरालालाई मुक्त गरिएको जानकारी दिएका हुन् ।

तत्कालीन मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा कोइराला करिब चार महिनाअघि मुख्यन्यायाधिवक्ता नियुक्त भएका थिए । विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!