संगालोखबर

सल्यान । सल्यानमा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ का ३५ वर्षीय मनोज बुढाले ३२ वर्षकी श्रीमती कमला बुढालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

श्रीमतीको हत्या गरेपछि घर नजिकै झुण्डिएर आत्महत्या गरेको अवस्थामा पाइएको सल्यान प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घटना भएका बेला उनीहरुका छोराछोरी भागेका थिए । उनीहरुका तीनजना साना छोराछोरी छन् ।

प्रहरीका अनुसार मनोजले श्रीमती कमलालाई हतौडा र बन्चरोले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरेका थिए । अत्यधिक रक्तश्राव भएपछि श्रीमतीको त्यहीँ मृत्यु भएको थियो ।

मनोज केही महिनायता मानसिक रुपमा असन्तुलित रहेको उल्लेख गर्दै स्थानीय बासिन्दाले त्यही कारण श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने जानकारी प्रहरीलाई दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!