संगालोखबर

धनकुटा । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले यही वैशाख ३१ गते धनकुटामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ गर्ने भएको छ । काठमाडौंको पुतलीसडकमा प्रधान कार्यालय रहेको राइटपाथले धनकुटामा ग्रान्ड एजुकेसन कन्क्लेभ अर्थात शैक्षिक सम्मेलन गर्न लागेको हो ।

Advertisement

राइटपाथले धनकुटाको बिचबजारमा शाखा कार्यालय सञ्चालन गरेर सेवा प्रदान गर्दै आएको छ । विद्यार्थीहरूको वृहत उपस्थितिमा शाखा कार्यालयमै ग्रान्ड एजुकेसन कन्क्लेभ गर्न लागिएको राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डिसीले जानकारी दिए । ‘हामीले शनिवारबाटै ग्रान्ड एजुकेसन कन्क्लेभ सुरु गरेका छौं, ३१ गते धनकुटामा कार्यक्रम गर्छौ,’ सीइओ डिसीले भने, ‘हामीले देशका प्रमुख ७ सहरमा कन्क्लेभ गर्दैछौ, अध्ययनका लागि विदेश जान चाहनेहरूले यो प्रोग्रामबाट धेरै फाइदा लिन सक्नुहुन्छ ।’

राइटपाथले शनिवार काठमाडौँस्थित प्रधान कार्यालयबाट सुरु गरेको कन्क्लेभ जेठ ८ गते ललितपुर शाखामा समापन गर्ने कार्यक्रम तय गरिएको छ । वैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, ४ गते चितवन, ५ गते बुटवल र ६ गते दाङमा मेला गरिनेछ ।

विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई विश्वका प्रसिद्ध विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूबाट सत्य तथ्य जानकारी गराउने उद्देश्यले मेला गर्न लागिएको सीइओ डीसी बताउँछन् । भर्खरै प्लस टु सकेर बसेका विद्यार्थीहरूलाई आफ्नो इच्छा अनुसारको शैक्षिक गन्तव्य र कार्यक्रम बारे बुझ्न सहज बनाउने र उनीहरूको अनुसन्धानलाई टेवा पुर्‍याउने उद्देश्य राखिएको उनको भनाई छ । समयको सही सदुपयोग गर्न र छात्रवृत्तिका आकर्षक अफरहरू पाउन पनि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ मा सहभागी हुन विद्यार्थीहरूलाई उनले आग्रह गरेका छन् ।

कन्क्लेभमा अफर पनि

शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरूलाई विभिन्न अफरको व्यवस्था पनि गरिएको छ । सहभागी हुने प्रत्येक विद्यार्थीका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको राइटपाथले जनाएको छ । जस अनुसार विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशतसम्मको अफर विद्यार्थीले पाउनेछन् भने फ्रि मुभी टिकेटको पनि व्यवस्था गरिएको छ ।

यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने राइटपाथले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!