संगालोखबर

विराटनगर । कटुवा पेस्तोल हिँड्ने गरेका एकजनालाई प्रहरीले सङ्खुवासभामा पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा प्रहरीले पेस्तोलसहित ती व्यक्तिलाई पक्राउ गरेको हो ।

Advertisement

नुनढाकीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले एउटा कटुवा पेस्तोलसहित चैनपुर नगरपालिका–१ का ४२ वर्षीय दिलकुमार चोङबाङलाई पक्राउ गरेको हो ।

स्थानीय नैनबहादुर लिम्बुको घरमा बस्दै आएका उनले पेस्तोल बोकेर हिँडिरहेको सूचना प्रहरीले पाएको थियो । सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुका अनुसार त्यसपछि उनीमाथि निगरानी बढाइएको थियो ।

प्रहरीले पेस्तोल बरामद गरी उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!