संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । आज विश्वासको मत पाएसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सात दिनभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताएका हुन् ।

Advertisement

एक–दुई दिन भित्रमा आन्तरिक कुरा मिलाएर ढिलोमा साताभित्र सरकारलाई पूर्णता दिने उनले बताए । ‘मन्त्रालयको संख्या अहिले थपिँदैन’, उनले भने, ‘एमाले र माओवादीबीच मन्त्रालयको संख्या नथप्ने सहमति भएको छ । कार्यबोझ थपियो भने थपिन सक्छ । नभए थपिँदैन ।’

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री कार्की र मन्त्रीहरु राम राना तथा गणेश उप्रेती छन् । एमालेका राना र माओवादीका उप्रेती हालका लागि बिना विभागीय मन्त्रीका रुपमा छन् ।

मुख्यमन्त्री कार्कीलाई आज प्रदेशसभामा उपस्थित ६२ सांसद मध्ये ५७ जनाले विश्वासको मत दिएका थिए । राप्रपाका सांसद उपस्थित भए पनि तटस्थ बसे भने नेपाली कांग्रेसका सांसदहरु उपस्थित नै भएनन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!