विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाईं चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईंलाईं प्रमुख सचेतकमा चयन गरेको हो ।
यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभाका हालका सभामुख अम्बरबहादुर विष्ट थिए । गत पुस २४ गते विष्ट सभामुखमा चयन भएपछि उक्त पद खाली थियो । यस्तै, राप्रपा संसदीय दलको उप–नेतामा प्रेमराज थाम्सुहाङ चयन भएका छन् ।