संगालोखबर
सांकेतिक तस्वीर

धनुषा । सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटेको आरोपमा जनकपुरमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको जनाएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार लुटेकोमध्ये उनीहरूबाट १४ लाख ५३ हजार रुपैयाँ बरामद गरिएको छ ।

Advertisement

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका– १९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लग्दै गरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीनजना रकम लुटेर फरार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!