संगालोखबर

विराटनगर । कोशी प्रदेशसभा अधिवेशनको बैठक सुरु भएको छ । बिहान ११ बस्ने भनिएको बैठक करिब अढाइ घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ ।

Advertisement

बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सांसदहरुसमक्ष आग्रह गर्दै धारणा राख्ने कार्यक्रम छ । एमाले र माओवादीका गरी ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाको १ सांसदले मत दिने तयारी गरेका छन् । समाजवादी संसदीय दलका नेता केन्द्रीय समिति बैठकमा सहभागी हुन राजेन्द्रकुमार राई काठमाडौंमा रहेकाले बैठकमा उपस्थित छैनन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । बैठकमा राप्रपाका सांसद उपस्थित रहे पनि पार्टीले विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसिरहेको बैठकमा उपस्थित नहुने निर्णय गरेको छ । नयाँ सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले हतारमा विश्वासको मत लिन खोजेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!