संगालोखबर


विराटनगर । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय क्षेत्रमा आज भारी वर्षा हुन सक्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले ती प्रदेशका केही क्षेत्रमा बिहानेदेखि वर्षा भइरहेको पनि जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा नेपालमा पश्चिमी वायु, स्थानीय वायु,भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाइएको छ ।

Advertisement

अहिले काठमाडौं उपत्यकासहित बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित मध्यम वर्षा भइरहेको छ ।

आइतबार दिउँसो र राति देशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!