संगालोखबर

विराटनगर । नेपाल फुल कन्ट्याक कराँते सेन्ट्रल डोजो रानी संघलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ । विराटनगरको जुटमिल परिसरमा कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई प्रशिक्षणका बेला आवश्यक पर्ने सामग्री संघलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

विराटनगर महानगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ भगतले सेन्ट्रल डोजो रानी विराटनगर मोरङ संघका अध्यक्ष गोपाललाल सिंहलाई सामग्री हस्तान्तरण गरेका थिए । फुल कन्ट्याक कराँतेका खेलाडीलाई प्रशिक्षण गर्दा चाहिने फोरम्याट, हेडगार्ड, हेन्डग्लब्स, सिमगार्ड, गुसिङगार्ड, चेष्ट गार्ड लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल केकोसिन बुँदो कराँते साकाई रानीका खेलाडीहरुलाई चरणगतका बेल्टहरु समेत वितरण गरिएको थियो । खेलाडीहरुलाई नेपाली काग्रेस मोरङका नेता कृष्ण कार्की, सञ्जय मण्डल, रामलाल नगरकोटी, पाल्टेन लामा, सेराज खुर्सी, पप्पु सुब्बा, विराटनगर महानगरपालिका–१६ अध्यक्ष उद्धव भुजेल र रोशन ठकुरी लगायतले बेल्ट वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!