संगालोखबर


विराटनगर । सोलुखुम्बुका कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथा चुचुरोमा पाइला टेकेका छन् । आज बिहान ७ः२५ बजे उनी सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।।

सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका कामीरिताले यसअघिको आफ्नै रेकर्ड तोडेका छन् । यसअघि उनले २०२३ मा २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

Advertisement

विश्वकै दोस्रो अग्लो हिमाल के टू पनि आरोहण गरिसकेका उनले चोयू, ल्होत्से र मकालुलगायत हिमाल आरोहण गरेका छन् । सन १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका ५४ वर्षका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!