संगालोखबर

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नोबेलका नर्ससहित कर्मचारी, विद्यार्थी लगायतले शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाएका हुन् ।

Advertisement

दिवसको अवसरमा नोबेलको सभाहलमा नर्सिङ दिवस विशेष कार्यक्रम गरिएको थियो । नोबेलका प्राचार्य प्रा.डा. रामहरी घिमिरेले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा प्राचार्य घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, नायब अस्पताल निर्देशक डा.मुक्ति आचार्य, महाप्रबन्धक दिपेश राई, शैक्षिक कार्यक्रमका नर्सिङ निर्देशक रामेश्वरी सिंह, क्लिनिकल सर्भिसतर्फका नर्सिङ निर्देशक प्रतिक्षा त्रिपाठी, प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा.डा.सिता पोखरेल लगायतले मन्तव्यमार्फत शुभकामना व्यक्त गरे ।

उपचार सेवामा नर्सिङ क्षेत्रको बेग्लै महत्व रहेको भन्दै उनीहरूले नर्सिङ पेशालाई थप व्यवस्थित र मर्यादित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । विद्यार्थीहरूले विभिन्न साँगीतिक प्रस्तुती पस्किएर कार्यक्रमलाई थप रौनकता प्रदान गरेका थिए । सो अवसरमा नर्सिङ दिवसको केक काटेर उत्सव मनाइएको थियो ।

हरेक वर्ष मे १२ मा विश्वभर विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाउँने गरिन्छ । नोबेलले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाउँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!