संगालोखबर

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरुसमक्ष विश्वासको मत दिन मागेका छन् । उनले प्रदेशसभामा सहभागी सबै दलका सांसदलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

Advertisement

निर्धारित समयभन्दा करिब अढाइ घण्टा ढिला गरी सुरु भएको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले आफूले सांसदहरुको भरोसा टुट्न नदिने साथै प्रदेशबासीको शीर झुक्न नदिने भन्दै विश्वासको मत दिन आग्रह गरे ।

सर्वोच्च अदालतमा चलिरहेको मुद्दाको विषयबारे बोल्दै उनले अदालतले दिने निर्णयलाई आफूले मान्ने पनि बताए ।

कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाको १ सांसदले मत दिने तयारी गरेका छन् । समाजवादी संसदीय दलका नेता केन्द्रीय समिति बैठकमा सहभागी हुन राजेन्द्रकुमार राई काठमाडौंमा रहेकाले बैठकमा उपस्थित छैनन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । बैठकमा राप्रपाका सांसद उपस्थित रहे पनि पार्टीले विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसिरहेको बैठकमा उपस्थित नहुने निर्णय गरेको छ ।

नयाँ सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले हतारमा विश्वासको मत लिन खोजेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!