संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित देवीथानमा आज बस र बोलेरो आपसमा ठोक्किएर दुर्घटना भएको छ । विराटनगरबाट भोजपुर जाँदै गरेको को १ ख ४६१० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेका मे १ ज २६११ नम्बरको बोलेरो ठोक्किएका हुन् ।

दुर्घटनामा मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालाय पाख्रीवासले जनाएको छ । बोलेरो आंशिक क्षति भएको भएको प्रहरीको भनाई छ । घुम्ती बाटो भएकाले दुर्घटना भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!