संगालोखबर


विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएका छन् । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा हरियाणा थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दिल्ली दोस्रो चरणमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीको जितको लागि मोहित अभिचानोनी र शिवम किशोरले आक्रमक ब्याटिङ गरे ।

Advertisement

खेलको प्लेर अफ द म्याच घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । झण्डै शतक नजिक स्कोर पुर्याउँदै उनले ९ छक्का र ८ चौका हिर्काए । शिवम अविजित रहँदै २५ बलमा अर्धशतक कटाए । उनले ७ छक्का र ६ चौका हिर्काउँदै ७२ रन जोड्दा भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए ।

हरियाणा थन्दर्स क्रिकेट क्लबका अंकित गोसामीले ३ ओभरमा ३४ रन खर्चिएर ४ विकेट लिए । मोहितले २ विकेट र सुभमले १ विकेट लिए । २४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणा १९ ओभरमा सबै विकेट गुमाइ १८६ रनमा सीमित भयो । संगमले अविजित ३३ रन बनाउँदा टिस्मु कुमारले २८ रन जोडे ।

दिल्लीका सत्यजीतले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । मोहितले २ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए । आजै भएको दोस्रो खेलमा झापाको बोष्र्टन क्रिकेट क्लबलाई एनबीएससीले २१३ रनले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ २८८ रनको विशाल योगफल खडा गर्यो ।

एनबीएससीका जितका लागि राहुल चौधरीले बिस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ९ छक्का र ६ चौका हिर्काउँदै सर्वाधिक ८३ रन बनाए । चिरन्जीवी ठाकुरले २९ बलमा अर्धसतक कटाउँदै ६० रन बनाए ।

उनले ३ छक्का र ८ चौकका प्रहार गरे । कुनाल किशोरले २० बलमा अबिजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौकका हिर्काए । अनुभव कुमारले ४३ र रिसभले २९ रन बनाए । बोष्र्टनका सन्दिप क्षेत्रीले, दिवस शर्मा र प्रजित कुमारले समान १ –१ विकेट लिए ।

२८९ रनको विशाल लक्ष्य पछ्याएको बोष्र्टनले १४.६ ओभरमा सबै विकेट गुमाइ ७५ रनमा सीमित भयो । तरु शर्माले अविजित २५ रन बनाउँदा अन्य ब्याट मेनले दोहोरो अंक बनाउन सकेनन् ।
एनबीएससीका मैनक कुमारले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । अदय झाले ३ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सर्वाधिक रन बनाउने राहुल चौधरी घोषित भए ।

आइतबारको पहिलो खेल जोगवनीको प्रशान्त क्रिेकट क्लब र विराटनगरको सीसीए क्रिकेट क्लबबीच हुनेछ । दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब क्बलबीच हुनेछ ।

मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजना भएको उक्त प्रतियोगितामा नेपालका १० र भारतका ६ टिमको सहभागिता छ ।

जेठ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफी पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।

प्रतियोगिताको प्लेर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । इमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिताको प्रथम संस्करणको उपाधि पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करण भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!