संगालोखबर


विराटनगर । ओखलढुंगामा आज बिहान चट्याङले लागेर चारजना घाइते भएका छन् । लिखु गाउँपालिका–३ को जोगी गाउँमा परेको चट्याङले लागेर उनीहरु घाइते भएका हुन् ।

प्रहरीका अनुसार स्थानीय कृष्णबहादुर जोगीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३८ वर्षीया कल्पना जोगी, छोरा १६ वर्षीय आशिष, १३ र १० वर्षीया छोरीहरु पूजा र आरती घाइते भएका हुन् ।

Advertisement

चट्याङ लागेर बेहोस भएका उनीहरु केही बेरपछि होसमा आएका थिए । हातखुट्टा झम्झमाउने समस्या भएपछि उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए ।

घटनास्थल अलि दुर्गम क्षेत्रमा पर्ने भएकाले गाडीको व्यवस्था गर्ने काम भइरहेको उनले बताए । सिंहका अनुसार चट्याङले घरको बिद्युत मिटर बक्समा क्षति भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!