संगालोखबर


विराटनगर । माछा मार्ने क्रममा खोलामा डुबेर ओखलढुङ्गामा एकजना युवक बेपत्ता भएका छन् । आइतबार साँझ चिशङ्खुगढी गाउँपालिका–७ स्थित ठोट्ने खोलामा साथीहरुसँग माछा मार्न गएका युवक डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सिद्विचरण नगरपालिका–५ का २९ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।

Advertisement

आफन्त, स्थानीय बासिन्दा र प्रहरीसहितको टोली मिलेर बेपत्ता युवकको खोजी गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!